२०८२, ४ पुस शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीसँग एकता सम्भव छैन्, आ-आफ्नै चिन्हमा लड्छौं : नेपाल



काठमाडौँ ।  सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसँग चुनावअघि एकता सम्भव नभएको बताएका छन् ।

आगामी आम निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी आ-आफ्नो चुनाव चिन्ह लिएर सहभागी हुने उनले बताए । आज (मंगलबार) संसद बैठकबाट बाहिरिँदै सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेपालले सो कुरा बताएका हुन् ।

‘अहिले नेकपा माओवादी केन्द्रसँग प्रारम्भिक कुराकानी चलेको छ । एकताको कुरा चुनावअघि सम्भव छैन् । आ-आफ्नो पार्टी चुनाव चिन्हको आधारमा चुनाव लडिन्छ,’ उनले भने ,‘तर, पाँच दलीय गठबन्धनलाई आधार बनाएर अघि बढिन्छ ।’

अहिले आफूहरु चुनावलाई केन्द्रविन्दुमा राखेर हिँडेको नेपालले बताए । ‘हामीले चुनावलाई केन्द्रविन्दुमा राखेका छौं । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर जानुपर्छ भनेका छौं । त्यसका लागि हामीले विभिन्न राजनीतिक दलसँग कुरा गर्छौं,’ नेपालले भने । माओवादीसँग एकताका लागि एकता संयोजन समिति बनाउने कुरा सोचिरहेको पनि नेपालले बताए ।

प्रकाशित मिति : २०७९, ७ भाद्र मंगलबार ००:००  ३ : ३३ बजे