२०८१, ९ मंसिर आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा माओवादीका राम कार्कीको दावीले कांग्रेसको निद हराम !



काठमाडौं ।  नेकपा माओवादी केन्द्रले संघीय निर्वाचनमा ओखलढुंगामा दावी गरेको छ । एक मात्र निर्वाचन क्षेत्र भएको ओखलढुंगा आफ्नो पार्टीले पाउनुपर्ने शर्त माओवादीले अगाडि सारेको हो ।

माओवादीले सत्ता गठबन्धनबाट राम कार्कीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने तयारी गरेको हो।

०७४ सालको संघीय निर्वाचनमा माओवादी केन्द्रका नेता एवं पूर्व सञ्चारमन्त्री कार्की झापा १ बाट निर्वाचित भएका थिए ।

बाम गठबन्धनकातर्फबाट उम्मेदवार रहेक कार्कीले कांग्रेसका नेता विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । शर्मा अघिल्लो निर्वाचनमा केन्द्रीय सदस्य मात्रै थिए । अहिले उनी पार्टीको महामन्त्री छन् ।

सत्तारुढ दलहरुबीच संघीय र प्रदेश निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति अनुसार सिट बाँडफाँटमा छलफल भइरहेको छ ।

सत्तारुढ दलका नेताहरु सम्मिलित कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वको सिट बाँडफाँट कार्यदलले कामसमेत सुरु गरिसकेको छ ।

गठबन्धनमा सिट बाँडफाँटका विभिन्न आधारमध्ये एक हो, २०७४ सालको निर्वाचनमा जितेको क्षेत्र सोहि दललाई छोड्ने ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको झापा–१ मा यसपटक कांग्रेसले दावी गरेको हो । कांग्रेस महामन्त्री शर्माले सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी गरेपछि माओवादी केन्द्रले ओखलढुंगा दावी गरेको हो ।

कांग्रेसले ओखलढुंगालाई आफ्नो सुरक्षित निर्वाचन क्षेत्रका रुपमा लिँदै आएको छ । तर माओवादी केन्द्रले झापा १ को सट्टा ओखलढुंगामा दावी गरेपछि कांग्रेस समस्यामा परेको हो ।

कांग्रेसको प्रभाव क्षेत्र ओखलढुंगामा संघीय निर्वाचनका लागि केन्द्रीय सदस्य रामहरी खतिवडा र प्रदीप सुनुवार टिकटको दौडमा छन् ।

‘कांग्रेस कुनै पनि हालतमा झापा-१ छोड्दैन । पार्टीकै महामन्त्रीज्यूको निर्वाचन क्षेत्र हो त्यो,’ सत्ता गठबन्धनको बैठकमा सहभागी एक कांग्रेस नेताले नेपालमञ्चसँग भने, ‘उनीहरु ( माओवादी) ले झापा नभए ओखलढुंगा हामीलाई चाहिन्छ भनेको छ। त्यसमा पनि ओखलढुंगा राम कार्कीजीकै जिल्ला पनि हो । कांग्रेस अफ्ठ्यारोमा छ ।’

ति नेताका अनुसार कांग्रेस ओखलढुंगा आफैसँग राख्न चाहन्छ तर झापा १ बाटै निर्वाचित माओवादी नेता कार्कीको व्यवस्थापनका लागि ओखलढुंगा कांग्रेसबाट फुत्किने सम्भावना पनि उत्तिकै छ ।

गृहजिल्लाबाट उम्मेदवार बन्दा कार्कीलाई सहानुभूतिको मत पनि आउने माओवादीको विश्लेषण छ ।

नेकपा एमालेबाट यज्ञराज सुनुवार र अमीरबाबु गुरुङको दावी छ । सुनुवार तेस्रो पटक चुनाव तिजेर ह्याट्रिक गर्न चाहन्छन् भने उनलाई रोक्न गुरुङ पनि सक्रिय छन् । गुरुङ एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट हुन् ।

प्रकाशित मिति : २०७९, ८ भाद्र बुधबार ००:००  १० : ५४ बजे