२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ मलअगाडिका अवैध संरचना महानगरले भत्कायो



काठमाडौं । काठमाडौं महानगरपलिकाले सुन्धरास्थित काठमाडौं मलले बनाएका अनाधिकृत संरचनाहरू भत्काएको छ । मलले सडकपेटी अतिक्रमण गरी बनाएका र नक्साविनाका संरचनाहरू महानगरले बुधबार बिहान डोजर लगाएर भत्काएको हो ।

अवैध संरचना भत्काउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र शाह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन् ।

मलले सडकपेटी मास्ने गरी बनाएका संरचना र नक्साविना भवनहरू भत्काइएको महानगरका मेयर बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाह​ले जानकारी दिए ।

‘महानगरले पछिल्लो समय अनाधिकृतरूपमा बनाइएका संरचनाहरू भत्काउने कार्यलाई तिव्रता दिएको । यो त्यसैको निरन्तरता हो,’ उनले भने ।

प्रकाशित मिति : २०७९, ८ भाद्र बुधबार ००:००  १२ : ०९ बजे