२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा सामाजिक सुरक्षाभत्ता बुझ्न यातायात सुविधा



जुम्ला । जुम्लाको वडा कार्यालयले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सेवाग्राहीलाई यातायात सुविधा दिन थालेको छ । जिल्लाको हिमा गाउँपालिका वडा नम्बर नम्बर १ ले सामाजिक सुरक्षाभत्ता बुझ्न बैंकमा सम्म जाने सेवाग्राहीलाई यातायात सुविधा दिन थालेको हो ।

सो वडाबाट सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्न करिब एक दिन लाग्ने र हिँडेर कठिन हुने भएकाले वडा कार्यालयले सबैलाई बैंकमा जान यातायात सुविधासहित सामाजिक सुरक्षाभत्ता बुझ्न तथा घर आउन सहजका लागि यतायाता सेवा उपलब्ध गराउन थालेको वडाध्यक्ष रतनबहादुर शाहीले जानकारी दिए   । वडाका चार सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरी सेवा प्रदान गरिएको छ ।

त्रैमासिक रुपमा बैंकले तोकेको दिनमा अब वडापालिकाले सामाजिक सुरक्षाभत्ता पाउने नागरिकलाई यातायात सेवा निरन्तर दिने वडा कार्यालयले जनाएको छ । गाउँपालिका र बैंक टाढा भएकाले वडा कार्यालयले बस चढाएर बैंक पु¥याएपछि  ज्येष्ठ नागरिक सहितका सेवाग्राही खुसी भएका छन् ।

प्रकाशित मिति : २०७९, ८ भाद्र बुधबार ००:००  ४ : ०१ बजे