२०८२, ४ पुस शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले पार्टी नभई कर्पोरेट हाउस हो : वर्षमान पुन



काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नेकपा एमाले पार्टी नभई कार्पेरेट हाउस भएको टिप्पणी गरेका छन्।

एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सिइओ केपी ओली र अरू नेताहरु डाइरेक्टर, डेपुटी र डाइरेक्टरको भूमिकामा रहेको पुनले बताए।

ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रूपान्तरण गरेको उनको भनाइ थियो। अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभई कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहरु एमालेमै बसिरहेको उल्लेख गरे।

‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो। ओली कर्पोरेट हाउसमा सिईओ र अरू नेता डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन्’, पार्टीका बागमति प्रदेशअन्तर्गतका सबै जिल्ला समन्वय समिति संयोजक र गाउँपालिका तथा नगरपालिकाको संगठनात्मक कार्यशालालाई बुधबार साँझ राजधानीमा सम्बोधन गर्दै पुनले भनेका हुन्।

उनले एमाले विचार र सिद्धान्तमा नभई नाफा र स्वार्थका लागि चलेको आरोप लगाए। ‘एमालेमा मानिसहरू बसिरहेको विचार र राजनीतिले होइन। ठूलो कार्पोरेट हाउसमा बस्दा फाइदा धेरै हुन्छ। ब्राण्ड बिक्छ, कर्पोरेटमा तलब/सुविधा बढ्छ, बोनस पाइन्छ भनेर हो’, पुनले भने, ‘कर्पोरेट हाउसमा कामदारहरू नाफाका लागि मिहेनत गर्छन्, ज्यान दिन पनि तयार हुन्छन् । एमालेका नेता कार्यकर्ता त्यस्तै भएका छन्।’

उनले कर्पोरेट संस्कारमा हुर्किएका कारण एमाले कार्यकर्ताले केपी ओलीले दुई पटकसम्म संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्दा र व्यवस्थामाथि नै प्रहार गर्दा पनि बोल्न नसकेको टिप्पणी उनको थियो।

प्रकाशित मिति : २०७९, ९ भाद्र बिहीबार ००:००  ११ : ०० बजे