ओखलढुंगा । ओखलढुंगाको बरुणेश्वर माध्यमिक विद्यालय रामपुरका २९ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा ज्वरो, रुघाखोकी लगायतको समस्या देखिएपछि बुधबार ९० जनाको एन्टिजेन विधि मार्फत कोरोना परिक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लाको मोलुङ गाउँपालिका २ रामपुरको उक्त विद्यालयले विद्यार्थीमा संक्रमण पुष्टि भएपछि भाद्र ९ र १० गते गरि २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
भाद्र ११ गतेसम्म विद्यार्थीहरुको स्वास्थ्यमा सुधार स्वास्थ्यका मापदण्ड अपनाएर पठनपाठन सुचारु गर्ने विद्यालयका प्रधानाध्यापक कुल प्रसाद खतिवडाले बताएका छन् ।