२०८२, २३ माघ बिहीबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बानेश्वरस्थित अल्फाबिटाका संरचना भत्काइँदै



काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काउन सुरु गरेको छ ।

अल्फाबिटाका  संरचना सञ्चालकले‍ दाबी गरेजस्तो नक्सा पास गरेर नबनाएको पाइएपछि महानगरले आजै भत्काउन सुरु गरेको मेयर बालेन साहका स्वकीय सचिव भूपदेव साहले जानकारी दिए।

‘निरीक्षण गर्न जाँदा अल्फाबिटाका सञ्चालकले दाबी गरे‍को जस्तो देखिएन,’ उनले भने, ‘ त्यसैले भत्काउन सुरु गरिएको हो ।’

बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने  क्रममा मेयर साह र अल्फाबिटाका सञ्चालकबीच  भनाभन भएको थियो ।

अल्फाबिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर साहले हटाउन भनेका, तर अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्माले नक्सा आफूसँग नभएको बताएका थिए ।

प्रकाशित मिति : २०७९, ९ भाद्र बिहीबार ००:००  ४ : १९ बजे