२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५५ जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । यो सँगै संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । मंगलबार २०४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो भने सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

पछिल्लो २४ घण्टामा २५३ जना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या सात हजार सात सय ५२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ६ सय ९६ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म २५ हजार ४० जना क्वारेन्टाइनमा छन् भने आठ हजार ६ सय ३२ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार ००:००  १० : ५५ बजे