२०८१, ८ मंसिर शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मी : विद्यालयमा मोबाइल फोन प्रतिबन्ध



गुल्मी।  गुल्मीको छत्रकोट गाउँपालिकाले बिद्यालयमा मोवाइल फोन निषेध गर्ने निर्णय गरेको छ । गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले बिद्यालयहरुमा मोवाइल फोनलाई निषेध गरिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जनाकारी दिए।

अध्ययन, अध्यापनलाई अझै प्रभावकारी बनाउनका लागि यस्तो निर्णय गरिएको पाण्डेले बताए  । शिक्षक र बिद्यार्थीहरुले कक्षा कोठामै फेसबुक चलाउने, मोवाइलका आवाजहरुले अध्ययन, अध्यापनमै असहजता आउने अनुगमनका क्रममा पाइएकाले मोवाइल फोन बिद्यालयमा निषेध गरिएको पाण्डेले बताए ।

बिद्यालयमा मोवाइल फोन निषेध गर्ने निर्णयलाई कार्यन्वयन गर्नका लागि प्रभावकारी रुपमा अनुगमन गर्ने र निर्णय कार्यन्वयन नगर्नेलाई कारवाही गर्ने पाण्डेले बताए  । गाउँपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि योजनाहरु बनाएको भन्दै शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ राखेर काम गर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भित्र ४८ वटा सामुदायिक बिद्यालयहरु रहेका छन् भने ४ वटा संस्थागत बिद्यालयहरु गरी ५२ वटा बिद्यालयहरु रहेको गाउँपालिकाले जनाएको छ । गुल्मी जिल्लामा ५५७ सामुदायिक बिद्यालय ५४ संस्थागत बिद्यालयहरु रहेका छन् ।

प्रकाशित मिति : २०७९, १० भाद्र शुक्रबार ००:००  ४ : ०४ बजे