२०८१, ६ जेठ आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा एक जनाको गोली हानी हत्या



कपिलवस्तु । गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका–६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ ।

अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।

गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७९, १० भाद्र शुक्रबार ००:००  ५ : ५३ बजे