२०८२, ४ पुस शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाका ३७ जना माओवादी नेता एमालेमा प्रवेश



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेका बेला विभिन्न जिल्लाका माओवादी र नेकपा एसका नेता कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

दोस्रो दिनको केन्द्रीय कमिटी बैठक शुरु हुनुअघि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ओखलढुंगा र धनुषाका माओवादी तथा नेकपा एसका कार्यकर्तालाई स्वागत गर्दै वाम गठबन्धन भनेकै कार्यकर्तालाई एमालेमा समाहित गर्नु रहेको बताए ।

प्रवेश गर्नेमा ओखलढुंगाका माओवादीका प्रभावशाली नेता तथा जिल्ला कमिटी सदस्य सुजन रुम्दालीसहित ३७ जना रहेको एमाले नेता नानीबाबु बुढाथोकीले जानकारी दिए ।

नवप्रवेशीहरुले ओखलढुंगामा एमालेको विजयी सुनिश्चितताका लागि थप योगदान गर्ने बताए ।


पार्टी प्रवेश कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्य बालकृष्ण ढुंगेल, केन्द्रीय सदय तथा सांसद यज्ञराज सुनुवार, केन्द्रीय सदस्य किशोर अधिकारी, प्रदेश सांसद तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ लगायतका नेता सहभागी थिए ।

त्यस्तै धनुषाबाट पनि नेकपा एसका जिल्ला अध्यक्ष सोमप्रसाद शर्मासहित नेता कार्यकर्ता एमालेमा फर्किएका छन् ।

प्रकाशित मिति : २०७९, ११ भाद्र शनिबार ००:००  १२ : १८ बजे