२०८१, ५ जेठ शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘प्रकाश’ का अधिकांश शो हाउसफूल, प्रदीपको ‘स्टारडम’ देखियो



माउथ पब्लिसिटीमा निकै अब्बल साबित भएको चलचित्र ‘प्रकाश’ले शनिबार ब्यवसायिक रुपमा पनि उत्साहजनक सफलता हात पारेको छ । शनिबार राजधानीका अधिकांश मल्टीप्लेक्स शोहरु हाउसफूल भएका छन् भने बाँकी शोमा ८० प्रतिशत भन्दा माथीको अकुपेन्सी देखिएको छ ।

सिभिल मलमा रहेको क्यूएफएक्सका म्यानेजर शंकर नेपालले त ‘कबड्डी ४’ पछि ‘प्रकाश’मा यतिका दर्शक आएको बताएका छन् । चलचित्र हेरेका दर्शकले दिएको प्रतिक्रिया निकै अब्बल रहेको भन्दै उनले हलमा दर्शकको संख्या थप बढ्ने विश्वास लिए । सामाजिक सञ्जाल फेसबुक र ट्वीटर प्रयोगकर्ताहरुले ‘प्रकाश’ हेरेपछि आफ्ना साथीहरुलाई चलचित्र हेर्न सिफारिस गरिरहेको देखिन्छ । चलचित्रका हरेक पक्ष उत्कृष्ट रहेको भन्दै चलचित्र हेर्न धेरैले आग्रह गरिरहेका छन् । कर्णालिको परिवेशमा एक युवाको शिक्षक बन्ने सपना र संघर्षको कथा भनेको चलचित्रलाई विदेशमा चलचित्र हेरेका दर्शकहरुले समेत रुचाएका छन् ।

बिभिन्न देशमा चलचित्र हेरेका दर्शकहरुले सामाजिक सञ्जालमा चलचित्रको खुलेरै तारिफ गरिरहेका छन् । नायक प्रदिप खड्काको स्टारडम तथा दिनेश राउतको सिनेमा लिगेसीका कारण ‘प्रकाश’ले शुक्रबार भन्दा शनिबार थप आक्रामक ब्यापार गरेको देखिन्छ । यसै वर्ष प्रदर्शनमा आएका उस्तै लाग्ने चलचित्रहरु ‘चिसो मान्छे’ र ‘पानी फोटो’का कारण ‘प्रकाश’को ब्यापारमा केही आशंका ब्यक्त गरेका हलसञ्चालकहरुले शुक्रबारको अकुपेन्सी र माउथ पब्लिसिटीका आधारमा शनिबारका लागि शोहरु बढाएका थिए ।

प्रकाशित मिति : २०७९, १२ भाद्र आइतबार ००:००  ११ : ०३ बजे