२०८२, २३ माघ बिहीबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीलाइ भेट्न मिश्र बालकोटमा



काठमाडौँ। विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा छलफल भएको छ ।

आइतबार साँझ करिब अढाइ घन्टा आफूहरूबीच छलफल भएको उल्लेख गर्दै मिश्रले ट्वीट गरेका छन्।

आगामी निर्वाचन, देशको राजनीति/भू-राजनीति, विदेशी चासो/हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकतालगायत विषयमा कुराकानी भएको मिश्रको भनाइ छ।

ओलीको राजनीतिक यात्रा, जेल र गोलघरको पीडा, चुच्ने नक्सा पारितपूर्व भोगेका जटिलतालगायत विषयमा पनि कुरा भएको मिश्रले उल्लेख गरेका छन्।

 ‘सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केट बलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला,’ मिश्रले भनेका छन्।

साथै ओलीले मिश्रलाई एक मुठी सिक्का उपहार पनि दिएका छन्।

‘चुच्चे नक्शासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठी सिक्का अर्को कोठाबाट ल्याएर उपहार दिनुभयो, भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ,’ मिश्रले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०७९, १३ भाद्र सोमबार ००:००  १० : ५७ बजे