२०८१, ९ मंसिर आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ खिजीदेम्बा गाउँपालिका अध्यक्षको १०० दिन कार्यप्रगति



ओखलढुङ्गा। खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।    

उनले १०० दिनको प्रगति विवरण भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत ८  क्षेत्रमा गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

यस्तो छ उनले सार्वजनिक गरेको कामको विवरण :

शिक्षा क्षेत्रमा   

  • शिक्षा क्षेत्रलाई ध्यानमा राखी १ वडा १ नमुना विद्यालयको अभियान थालनी र बजेट विनियोजन ।
  • वडा शिक्षा समिति पुनः गठन गर्दै म्याद सकिएका व्यवस्थापन समितिहरू पुनः गठन साथै शिक्षक आपूर्ति रहेको विद्यालयमा शिक्षक पदपूर्ति गरिएको ।

खाने  पानी व्स्थापन  

  • खिजिदेम्बा गाउँपालिकामा पर्ने नेपालको सातवटा अग्लो डाँडा मध्येमा पर्ने थोलेदेम्बा डाँडाको पर्यटनलाई लक्षित गरी प्रदेश नं १. खानेपानी मन्त्रालयबाट खानेपानी आयोजनाका लागि बजेट व्यवस्थापन ।
  • वडा नं ६ मा रहेको बन्से, कात्तिकेखर्क खानेपानी समस्यालाई मध्यनजर गरी प्रदेश बजेट डिपिआर का साथै बजेट व्यवस्थापन ।

स्वास्थ्य

  • प्रदेश स्वास्थ्य मन्त्रालयको अगुवाइमा एम्बुलेन्स गाउँपालिकाले प्राप्त गरी सञ्चालन |
  • प्राथमिक आँखा उपचारको लागि तिलगंगा अस्पतालसँग सम्झौता गरी नेत्र सहायक कर्मचारी नियुक्त।
  • सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, २ जनाले लाभान्वित ।
  • गाउँपालिकाको अस्पतालमै भिडियो एक्सरे सेवा सञ्चालनका लागि रेडियो ग्राफर नियुक्त ।
  • सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीको कर्मचारी माउंटोलने गएर कोभिड  परीक्षण र सुरक्षा विधिबारे सचेतना कार्यक्रम सञ्चालन साथै ३  वर्षदेखि १२ वर्ष मुनिका १२८३ बालबालिकाहरूलाई खोप लगाउने कार्य क्रम सम्पन्न ।

भौतिक  तथा  पूर्वाधार

  • धार्मिक स्थल गुम्बा पुननिर्माणको लागि जुन्या विकास समितिबाट बजेट व्यवस्थापन |
  • निर्माणधीन २ तले प्रशासकीय भवनलाई २ तल शान संघीय माजला त सामान्य प्रशासन मन्त्रालयबाट बजेट स्वीकृत ।
  • ६ वटा वडा कार्यालयको भवन निर्माणका लागि बेलपत्र आहवान गरी आगामी असोजदेखि निर्माण शुरु गर्ने तयारी ।
  • खिजीदेम्बा गाउँपालिकाको वडा सामुदायिक अन निर्माणको लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन ।
  • विभिन्न वडामा श्रमदान र विभिन्न व्यक्तिको  सहयोगमा  काठे  पुल  झोलुङ्गे पुल निर्माण ।

 झोलुङ्गे पुल निर्माण

  • गाउँपालिकाको वडा नं ७ बाट खिजीदेम्बाको वडा नं १ जोडिने ।
  • रामेछाप जिल्लाको उमाकुण्ड झोलुङ्गे पुल को लागि बजेट व्यवस्थापन ।
  • खिजीदेम्बाको १ नं वडामा रहेको मोलुङ खोला, ताउर खोलाखर्क झोलुङ्गे पुलका लागि बजेट व्यवस्थापन ।

सडक तथा ढल व्यवस्थापन

  • ९  वटै वडाको मूल सडक काठमाण्डौदेखि खिजीदेम्बा र खिजिदेम्बा देखि ओखलढुंगा सदरमुकामसम्म आवत जावत सडक स्तरोन्नति ।
  • सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका हुँदै खिजीदेम्बाको वडा नं को काचपु मुसिद्धा सोधीखर्क, टांगा,  चुली काप्ती वडा नं ७ को ज्यादि शाम डाँडा वडा नं ४ को बर्नालु वडा नं ३ को पुठा त्यस्तै गरी वडा नं. ५ को जिरसक, डारक पात्लेखर्क हुँदै खिजिदेम्बाको खिजिफलाटे जोड्ने सडकका लागि राष्ट्रिय बजेट व्यवस्थापन ।
  • वडा नं ५ खिजिफलाटे बजारहुँदै पाल्लेख दो भञ्ज्याङ ६ नम्बर वडा को फेदी गुम्बा, हाते बन्से हुँदै मोलुङ गाउंपालिकाबाट ओखलन सदर मुकाम हुँदै प्रदेश नं १ को राजधानी जोडिने पक्की सडकका लागि संघीय मन्त्रालयबाट राष्ट्रिय बजेट व्यवस्थापन ।
  • सिजिफलाटेको बढ्दो बजारलाई लक्षित गरी दल व्यवस्थापनको लाि लागत योजनाका रूपमा संघीय मन्त्रालयबाट व्यवस्थापन।

विद्युत व्यवस्थापन

  • केन्द्रीय विद्युत प्रशारण लाइनको लागि बोलपत्र आहृवान गरी कार्य थालनी ।
  • वृद्ध तथा विपन्न परिवार र एकल महिलाहरूलाई सोलर वितरण ।

 जडिबूटी

  • जडीबुटी प्रशोधन तथा अनुसन्धानको लागि वन तथा वातावरण मन्त्रालयसँग कार्यक्रम असोजबाट काम शुरू हुने गरी सम्झौता ।

प्रकाशित मिति : २०७९, १३ भाद्र सोमबार ००:००  १२ : ०७ बजे