२०८१, ५ जेठ शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरितालिका तीज



काठमाडौँ। हिन्दु नारीहरुको महान् चाड हरितालिका तीज आज मनाइँदैछ । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिने धार्मिक विश्वास छ ।

हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

आजको दिन भगवान शिवको पुजा आरधना गरी नाचगान गर्ने चलन छ भने निर्जला व्रत बसी शिव–पार्वतीकोे पुजा–उपासना गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । साथै आजकै दिन सत्ययुगमा निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास समेत रहेको छ ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ ।

दिनभर निराहार ब्रत बसि नाचगान गरी रमाउने गर्ने र तीजकै अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । हिजो दर खाएर औपचारकि रुपमा सुरु भएको तीज ऋषि पञ्चमीसम्म मनाउने परम्परा रहेको छ ।

प्रकाशित मिति : २०७९, १४ भाद्र मंगलबार ००:००  १० : ५८ बजे