२०८१, २६ बैशाख बुधबार | Thu May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरेक दिन ८० हत्या, एक घण्टामा तीन बलात्कार



एजेन्सी। स्वतन्त्र भएको ७५ वर्षमा भारतमो अपराध १० गुणाले बढेको पाइएको छ।

त्यहाँको राष्ट्रिय अपराध रेकर्ड ब्यूरोले सार्वजनिक गरेको तत्थाङ्कअनुसार भारतमा २०२१ मा मात्र ६० लाख ९६ हजारभन्दा बढी अपराधका घटना दर्ता भएका छन्।

केन्द्र सरकार मातहत रहने यो निकायले जारी गरेको यो तत्थ्याङ गतवर्षको भन्दा कम हो। गतवर्ष ६६ लाखभन्दा बढी आपराधिक मुद्दा दर्ता भएको थियो।

ब्यूरोका अनुसार २०२१ मा भारतमा २९ हजार २७२ हत्याको घटना दर्ता भएको छ। अर्थात दैनिक ८० घटना। २०२०को तुलनामा हत्याको घटनामा केही वृद्धि भएको छ। उक्त वर्ष २९ हजार १९३ हत्याका घटना दर्ता भएका थिए।

रिपोर्टका अनुुसार मृत्युको सबैभन्दा ठूलो कारण भनेको विवाद हो। गतवर्ष विवादकै कारण ९ हजार ७६५ जनाको हत्या हुँदा व्यक्तिगत दुश्मनीका कारण ३ हजार ७८२ जनाको हत्या भयो।

२०२१ मा महिलाविरुद्धको अपराध ४ लाख २८ हजारभन्दा बढी छन्। यानिकी दैनिक १ हजार १७३ महिलामाथि हिंसा हुने गरेको छ। २०२० को तुलनामा महिलामाथि हुने हिंसा १५ प्रतिशतले बढेको छ।

यस्तै, गतवर्ष बलात्कारका ३१ हजार ६७७ मुद्दा दर्ता भएका छन्। जसमा ३१ हजार ८७८ पीडित छन्। यसरी हिसाब गर्दा हरेक घण्टा तीन महिलामाथि बलात्कार हुने गरेको छ। यसमा पनि २८ हजार ८४० वयस्क र ३ हजार ३८ नाबालिग थिए।

बलात्कारको कोसिसको घटनाका पनि ३ हजार ८ सय मुद्दा दर्ता भएका छन्। रिपोर्टका अुनसार बलात्कारका ९७ प्रतिशत घटनामा चिनेजानेका मानिस नै आरोपी देखिएका छन्।

३१ हजार ६७७ घटनामध्ये ३० हजार ५७१ घटनामा आरोपी पीडितका पहिचान भएका हुन्। यसमध्ये पनि २ हजार २४ घटनामा परिवारकै सदस्य आरोपी हुन्।

प्रकाशित मिति : २०७९, १४ भाद्र मंगलबार ००:००  ४ : १७ बजे