२०८१, ५ जेठ शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिकटक बन्द गर्नुपर्ने माग राख्दै प्रदर्शन



सप्तरी ।  मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा सामाजिका सञ्जाल टिकटकलाई बन्द गर्नुपर्ने माग राख्दै प्रदर्शन र ज्ञापन पत्र बुझाएका छन् ।

टिकटकले आफ्नो संस्कृति बिग्रिरहेको, अश्लिलता प्रदर्शन भइरहेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् । ‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारवाही गर्नुपर्ने, टिकटक भगाउ, आफ्नो संस्कृति बचाऔं’ भन्दै युवाहरुले प्रदर्शन गरिएको हो ।

युवाहरुले टिकटक बन्द गर्न भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।

टिकटकमा अश्लिलता बाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै टिकटक बन्द गर्न संघर्ष समिति सप्तरीका संयोजक सचितानन्द यादवले  बताए ।

टिकटकले गर्दा शैक्षिक स्तर खस्किएको तथा विकृति फैलिएको भन्दै भारत सरकारले टिकटक बन्द गरिएकाले नेपालमा पनि चलाउन दिन नहुने अभियन्ता अजय दासले बताए  ।

प्रकाशित मिति : २०७९, १५ भाद्र बुधबार ००:००  २ : १८ बजे