२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोकमा बाढीको बितण्डा: १९ बेपत्ता, २ शव फेला



काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ । बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । एक दर्जनभन्दा धेरै मनिस वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले बगाउँदा १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको स्थानीय अनन्तप्रकाश श्रेष्ठले जानकारी दिए ।

बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उनले बताए । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो । इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको प्रहरी निरीक्षक न्यौपाने जानकारी दिए ।

अहिले सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली हेलिकोप्टरवाट सिन्धुपाल्चोक जाने तयारीमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार ००:००  २ : ०३ बजे