२०८१, १० मंसिर सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भवन बनेको चार वर्षमा पनि सञ्चालनमा आएन प्रसूति गृह



रौतहट । ४ वर्षअघि प्रसूति गृह निर्माण सम्पन्न भए पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

गुजरा नगरपालिका–२, कटाँनी टोलमा रहेको रंगपुर स्वास्थ्य चौकी र प्रसूति गृह ४ वर्षअघि निर्माण सम्पन्न भए पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

प्रसुति गृह सञ्चालन नभएपछि स्थानीय महिलाहरू सुत्केरीका लागि अन्यत्र जानुपर्ने बाध्यता छ । यो प्रसूति गृह निर्माणमा नेपाल सरकार र वेलायत सरकारको सहयोगमा नेपाल ग्रामिण पुननिर्माण संस्थाद्धारा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सिडिपी) को तर्फबाट ३३ लाख ७७ हजार ६१६ रुपैयाँ प्राप्त भएको थियो । जसमा गुजरा नगपालिकाले ५ लाख ४ हजार २०० र स्थानीयबाट सहयोग स्वरुप थप २ लाख १४ हजार ८६४ रुपैयाँ प्रास्त भएको थियो ।

कुल ४० लाख ९६ हजार ६८० रुपैयाँको लागतमा २०७४ सालमा नै निर्माण सम्पन्न भएको यो प्रसूति गृह अहिले पनि सञ्चालनमा आउन सकेको छैन ।

यता गुजरा नगरपालिकाका प्रमुख सन्तलाल प्रसाद चौधरीले प्रसूति गृह सञ्चालनको काम अन्तिम चरण  पुगेको र दशैँ अगाडी सञ्चालनमा आउने बताएका छन् । 

प्रकाशित मिति : २०७९, १६ भाद्र बिहीबार ००:००  ११ : ५५ बजे