२०८१, १३ बैशाख बिहीबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै गयो: मन्त्री पौडेल



काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रुचि नदेखिएको बताएका  छन्   ।

पन्ध्रौँ पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै गएको बताएका हुन्  ।

युवाहरूमा पुस्तक एवम् पत्रपत्रिका पढ्ने रुचि हराउँदै गएको बताउँदै उनले  मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाउने चलन सुरु भएको बताए  ।

‘लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्नेतिर पछिल्लो पुस्तामा चाहना हराउँदै गयो,’ उनले  भने  ,’ ‘त्यसले सामाजिक समवेदना र जिम्मेवारी बोध, संस्कार र संस्कृति हराउँदै गयो ।’

यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऊँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५ औँ पुस्तकालय दिवस मनाएको छ ।

प्रकाशित मिति : २०७९, १६ भाद्र बिहीबार ००:००  ३ : २७ बजे