२०८१, ११ श्रावण शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा ट्रक दुर्घटना, चालकको मृत्यु



दुर्घटनाग्रस्त ट्रक

ओखलढुंगा । ओखलढुंगामा ट्रक दुर्घटनाहुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ ।  विहिबार बिहान करिब ४ः३० बजेको समयमा काठमाडौँबाट सोलु तर्फ जाँदै गरेको ट्रक ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

सोलुखुम्बु स्थित सोलुखोला बेनी हाईड्रोको सामान बोकेको बा ३ ख ९६ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्ष मिलन सिंह बस्नेतले जानकारी दिए । ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार ००:००  २ : ५८ बजे