२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असिना लागेर शिशुको मृत्यु



स्पेन । स्पेनमा असिनाले टाउकोमा लागेर एक २० महिने शिशुको मृत्यु भएको छ ।

असिनाले लागेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार साँझ क्याटालोनियाको गिरोना क्षेत्रमा १० मिनेटसम्म आएको भीषण आँधीहुरीको कारण अरु करिब ५० जना घाइते भएका छन् । धेरैलाई सामान्य चोटपटक लागेको छ । केहीको हड्डी भाँचिएको बताइएको छ ।

घरका छानाहरू क्षतिग्रस्त भएका छन् । झ्यालका सिसाहरू फुटेका छन् । विद्युत् आपूर्ति बन्द भएको बताइएको छ ।

क्याटालोनियाको मौसम विभाग सेवाले एउटा असिनाको व्यास १० सेन्टिमिटर सम्मको पाइएको जनाएको छ । सन् २००२ यता यस क्षेत्रमा भएको यो सबैभन्दा भीषण वर्षा हो ।

वर्षाको कारण आफ्ना भौतिक पूर्वाधार क्षतिग्रस्त भएको सूचना दिन स्थानीय बासिन्दाले अग्निनियन्त्रण सेवालाई ४० भन्दा बढी कल गरेका थिए । सबैभन्दा बढी कल बिस्वल डि एम्पोरोडा सहरबाट आएको बताइएको छ ।

प्रकाशित मिति : २०७९, १६ भाद्र बिहीबार ००:००  ४ : ४४ बजे