२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड



काठमाडौँ। पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड सडक अवरुद्ध भएको छ ।

आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ ।

निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए । पहिरोका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् ।

सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो । विगत तीन दिनदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । यस सडक खण्डको  जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९, १७ भाद्र शुक्रबार ००:००  १० : ५४ बजे