२०८१, २६ बैशाख बुधबार | Thu May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाबाट १२ जुवाडे पक्राउ



काठमाडौं । डोटीको जोरायल गाउँपालिकाबाट १२ जना जुवाडे पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले गएराति उनीहरूलाई चौराहास्थित होटेलबाट जुवा तास खेलिरहेको अवस्थाबाट पक्राउ गरेको हो।

उनीहरूलाई जुवातास खेलिरहेको  अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको  प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा कैलाली चुरे गाउँपालिकाका भएको प्रहरीको भनाइ छ ।

जुवा खालबाट प्रहरीले १ लाख २२ हजार नगद र ३ बुक तास बरामद गरेको छ ।  आरोपीहरुमाथि प्रहरीले जुवा मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७९, १७ भाद्र शुक्रबार ००:००  १२ : ५६ बजे