२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोक बाढी अपडेटः २२ जना बेपत्ता, ३२ घर बगायो



काठमाडौं । सिन्धुपाल्चोकमा बाढी र पहिरोबाट २२ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले कम्तिमा ३२ घर बगाएको छ भने अहिलेसम्म २ जनाको शव भेटिएको छ । थप ५ जना घाइते भएका छन् ।

बाह्रबिसे नगरपालिकाको वडा नम्बर तीन खागदलमा २० घर र वडा नम्बर ५ जम्बोमा ११ घर बगेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जम्बोमा २ जनाको शव फेला परेको छ । अरु तीन जना घाइते भएका छन् ।

त्यस्तै बाह्रबिसे नगरपालिका ५ को जम्बोमा ठाडोखोलामा आएको बाढीले कच्ची र पक्की गरी २० वटा घर बगाएको छ । त्यहाँ बस, ट्रक, स्कार्पियो र ट्याङकर गरी चार वटा गाडी पनि बगाएको छ । खागदलको पक्की पूल बाढीले बगाएको छ । पक्की पूल सहित अरनिको राजमार्गका विभिन्न ठाउँमा बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यस्तै भोटेकोशी गाउँपालिकाको वडा नम्बर ५ बर्कुटेमा एउटा घर बगाउँदा २ जना बालबालिका घाइते भएका छन् । ४ जना बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । बाढी आएको थाहा पाएपछि एउटा घरमा भएका सबै भाग्न सफल भएका र अर्को घरका चार जना बेपत्ता भएको उनको भनाई छ । घाइतेको उद्धार र बेपत्ताहरुको खोजी भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार ००:००  ४ : ३४ बजे