२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपबिजयता र पूर्वमेयरहरुकालागि बुटवलमा बन्यो छुट्टै कार्यकक्ष



बुटवल । बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो पटक निर्वाचनमा प्रतिद्वन्द्वी उपबिजेताका लागि कार्यकक्षको व्यवस्था गरिएको छ । आफैसँग पराजय भएका उपबिजयतासँग पनि सहकार्य र सहमति गर्ने गरि उपमहानगर परिषर भित्रै कार्यकक्ष बनेको नेपालमा यो नै पहिलो हो । उपबिजयतासँगै पूर्वमेयरहरुका लागि पनि छुट्टै कार्यकक्ष स्थापना गरिएको छ ।

संविधानले स्थानीयतहमा विपक्षिको व्यवस्था नगरेको र लोकतन्त्रमा उपबिजयता र विपक्षिको महत्व हुने भएकाले बुटवलबाट उपबिजयताको कार्यकक्ष बनाउन शुरु गरिएको बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले बताए । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले कार्यकक्षको उद्घाटन गरेका छन् । उनले निर्वाचनकै बेला पूर्व मेयर र उपबिजयताका लागि कार्यकक्ष बनाउने घोषणा गरेका थिए ।

बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपबिजेताहरुका सम्पर्क कक्ष स्थापना गरिएको उनले बताए ।

प्रकाशित मिति : २०७९, १७ भाद्र शुक्रबार ००:००  ५ : २० बजे