२०८१, ८ मंसिर शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षकको कुटपिटले गर्दा विद्यालय जान छाडे विद्यार्थी



रामकरन हरिजन,  पश्चिम नवलपरासी । शिक्षक शब्द निकै महत्वपूर्ण, सम्मानित र निकै आधार पूर्वक सम्बोधन गर्ने शब्द हो । चाहेर पनि जो कोही शिक्षक बन्न सक्दैनन् । शिक्षक त्यो व्यक्ति बन्न सक्छ जो बालबालिकासँग रमाउन सक्ने, उनीहरूसगँ खेल्न सक्ने, आफूलाई बालबालिकाकै व्यवहारमा ढाल्न सक्ने र बालमनोविज्ञानलाई बुझ्न सक्ने खुबी हुन्छ, त्यो नै शिक्षक हो । सफल शिक्षकहरू ती हुन् जोसँग कक्षामा सबै विद्यार्थीहरूलाई सकारात्मक, गुणस्तरीय शिक्षण प्रदान गर्न सक्ने क्षमता हुन्छ । एक शिक्षक र विद्यार्थीको राम्रो सम्बन्ध भए मात्र पढाइ प्रभावकारी हुन सक्छ ।

 तर समाजमा यस्ता पनि घटना घट्ने जसले शिक्षक र विद्यार्थीबीचको दूरी बढाउने गर्दछ । विद्यालयमा शिक्षकले गर्ने व्यवहारकै कारण कति विद्यार्थीहरु विद्यालय छोड्न बाध्य भएका छन् । यस्तै पश्चिम नवलपरासीको पाल्हीनन्दन कुश्मामा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थी बुद्धिलाल हरिजन त्यसैमध्येका एक हुन् । आजभोली उनी विद्यालयको नाम सुन्ने बित्तिकै रिसाउँछन् र झर्किन्छन् । किनकी उनीमाथि शिक्षकहरुले सामुहिक कुटपिट गरेका थिए ।

पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ कुश्मामा रहेको सिद्धार्थ माध्यमिक विद्यालय कक्षा १० मा पढ्ने दलित विद्यार्थीलाई जातीय आधारमै गाली गर्दै सामुहिक कुटपिट भएको सेवरी देवी हरिजनले बताइन् ।

उनका अनुसार विद्यालयका प्रधानाध्यापक शशीभुषण पाण्डेले कक्षा १० मा न्युक्लियरको स्पेलिङ सोधेका थिए । विद्यार्थीहरुले भनि सकेपछि उक्त शब्दको स्पेलिङ बुद्धिलालले बताउने बितिकै हरिजनलाई होच्याउने शब्दमा उखान भन्न थाले । जुन गाली गर्ने र हरिजनलाई हत्तोसाहित गर्ने खालको शब्द प्रयोग गरेका थिए । त्यसपछि जुरुक्क कुर्सिबाट उठेर धकेल्दै ‘तलाई चमार नभनि के भन्ने’  भन्दै पाण्डेले पिट्दै ढोका बाहिर निकालेका थिए ।

त्यसपछि प्रधानाध्यापक कक्ष नजिकै रहेको स्टाफ कक्षबाट आएर जय प्रकाश सिंह, सन्तराज यादव र संतोष तिवारीले थप्पड र लात्तिले टाउकोमा हान्न थालेका थिए । भुँईमा खस्दा तीनै जना शिक्षकले पालैपालो कुटपिट गरेपछि प्रधानाध्यापक शशीभुषण पाण्डेले छातीमा खुट्टा राखी निर्मतापूर्वक मर्णासन हुने गरी कुटपिट गरेको हरिजनले गुनासो गरे । परिवारले स्कुल पठाउन धेरै प्रयास गरे तर उनी स्कुल जान ईच्छुक भएनन् ।

कुटपिट तथा जातीय आधारमा गाली र उखान भनेको कुरा सोच्दै उनी चिन्तित हुँदै घरमा बसेको नर्बदे हरिजनले बताए । उनले हरिजनमा  मानसिक रुपमा समस्या देखिएको समेत बताए । आर्थिक अवस्था कमजोर रहेकोले उनलाई उपचार गर्न समेत नसकेको परिवारले बताएका छन् । उक्त घटना नवलपरासी जिल्ला अदालतमा र उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा चल्यो । तर हरिजनले न्याय पाएनन् ।

स्कुलमा जातीय आधारमा गाली गर्दै कुटपिट गरेपछि एउटा जेहेनदार विद्यार्थीले स्कुल छोड्न बाध्य भएको  स्थानीय पल्टु सहानीले बताए ।

हरिजनमात्रै होइन् यहि भदौ ५ गते सरावल गाउँपालिका वडा नम्बर २ मा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थी रामेश्वर मुसहर चन्दन सहानी र टेकनरायन चमारबीच सोमबार बिहान एक आपसमा सामान्य विवादपछि चक्रमणी चौधरी, टेक प्रसाद शर्मा, लङ्का पुरी, ध्रुवनारायन चौधरी, संजय शर्मा, लगायतका शिक्षकहरुले जातीय आधारमा गाली गर्दै स्टाफ कक्ष भित्रै भित्ता र दराजमा लडाई कुटेपछि टाउकोमा चोट लागेको टेकनरायन हरिजनले बताए ।

त्यस्तै साउन १९ गते रामग्राम नगरपालिका वडा नम्बर ४ बैरिहवास्थित  निजी विद्यालय हिलेरियस चिल्ड्रेन एकेडमीका शिक्षकले आलम सिद्धकीले कक्षा ५ मा पढ्ने १२ वर्षका निखिल कोहार कानको समस्या पहिला देखि थियो । गृहकार्य नगरेको भन्दै शिक्षक आलम सिद्धकीले पिट्दा बालकको कानको जाली फुटेपछि बुटवल तिनाउ मेडिकलमा उपचार गराएको बालकको ठूलो बुवा रामजी प्रजापतीले बताए ।

निखिल कोहारको कानमा पहिलादेखि सानो प्वाल थियो । ३/४ दिनदेखि गृहकार्य नगरेपछि डराउनको लागि आलम सिद्धकीले गालामा थप्पड हान्दा मुन्टो फर्काए पछि कानमा चोट लाग्यो । ‘उपचारको लागि आर्थिक सहयोगको रुपमा ४२ हजार दिएका छौं । तपाई आफ्नो बच्चालाई कुनै अर्को स्कुलमा भर्ना गराउनु भनेपछि बल्ल अहिले प्रचार गर्नु भएको छ’ हिलेरियस चिल्ड्रेन एकेडमीका प्रधानध्यापक जनार्दन ठाकुरले बताए ।

यि त केहि उदाहरण मात्रै हुन् । तर पश्चिम नवलपरासीका दलित तथा अन्य समुदायका बालबालिकाहरु शिक्षकको व्यवहारकै कारण बाध्य भएर बीचैमा विद्यालय छोडन् थालेका छन् ।

प्रकाशित मिति : २०७९, १९ भाद्र आइतबार ००:००  ११ : १३ बजे