२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाडा इभी एक्स्पो २०२२ मा सहभागी हुन लक्की ड्र कार्यक्रम



काठमाडौं। नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभी एक्स्पो २०२२  को तयारी तिव्रगतिमा अगाडि बढिरहेको छ । चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतीय सवारी साधनहरूको उल्लेख्य सहभागिता रहने भएको छ ।

 उक्त प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन, लगायत बैंक तथा इन्स्युरेन्स कम्पनीहरू समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरूको सहभागिता हुने भएको छ । ।

काठमाडौंको भृकुटी मण्डपमा मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने नाडा इभी एक्स्पो २०२२  मा सहभागी हुने कम्पनीहरूको लागि लक्की ड्र कार्यक्रम टेकु स्थित आफ्नै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् ।

उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९, १९ भाद्र आइतबार ००:००  ११ : ३६ बजे