२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोक बाढी अपडेटः घाइतेलाई हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइयो



काठमाडौं । सिन्धुपाल्चोको बाह्रबिसे पहिरोमा घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । बिहीबार बिहान बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

कैलाश एयरको हेलिकोप्टरमा शुवेश तामाङ र सविता बस्नेत र माउन्टेन एयरको हेलिकोप्टरले फुर्वा तामाङ र १० दिनको बच्चालाई काठमाडौँ ल्याइएको उनले बताए । तीमध्ये उपचारका लागि दुई जनाको हेम्स र दुई जनाको कैलाश अस्पतालमा लगिएको छ ।

बाह्रबिसे र भोटेकोशीमा आएको पहिरोमा परेर तीन जनाको मृत्यु हुनुका साथै २१ जना बेपत्ता रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार ००:००  ८ : ३३ बजे