२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकका खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका



कैलाली। नागरिकलाई आवतजावतमा सहजताकालागि टीकापुर नगरपालिकाले खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ ।

नगरपालिकामा धेरै सडक आजभोलि हिलाम्मे र खाल्डाखुल्डी छन् । त्यसैलाई ध्यानमा राखेर नगरपालिकाले आफ्नै सवारीसाधन र जनशक्ति प्रयोग गरेर सडक मर्मतजस्ता कार्य गरिरहेको छ ।

नागरिकको माग र आवश्यकता हेरेर सडक मर्मत गर्ने कार्य गरिरहेको नगरप्रमुख रामलाल डगौरा थारूले बताए । उनका अनुसार नगरले सडक निर्माणकालागि बजेट छुट्टाएको र वर्षायाम सकिए लगतै सडक निर्माणको काम सुरु हुने छ ।    

प्रकाशित मिति : २०७९, १९ भाद्र आइतबार ००:००  १२ : ५९ बजे