२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसमा विवाद, उम्मेदवारको नाम सिफारिस हुन सकेन



नवलपरासी । नेपाली कांग्रेस पश्चिम नवलपरासीमा उम्मेदवार छनोटमा विवाद सुरु भएको छ । विवादका कारण संघ र प्रदेशको उम्मेदवारको नाम सिफारिस हुन सकेन । संघ र प्रदेशको उम्मेदवारहरुको नाम सिफारिस गर्न शनिबार बसेको नेपाली कांग्रेस पश्चिम नवलपरासीको बैठक स्थगित भएको छ ।

केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल र संविधानसभा सदस्य बिक्रम खनाल गुटको विवादका कारण उम्मेदवारको नाम सिफारिस हुन नसकेको हो । शनिबारको बैठक २० बस्ने गरी स्थगित गरिएको नेपाली कांग्रेसका उप-सभापति विक्रम यादवले बताए ।

 केन्द्रले खटाएका प्रतिनिधि मानबहादुर नेपाली दुई गुटको विवादका कारण शनिबार बसेको बैठकमा आएनन् । विवादका कारण केन्द्रीय प्रतिनिधि बैठकमा नआएपछि बैठक स्थगित भएको सचिव कुलदिप आर्चायले बताए । शनिबार बसेको बैठकले आगामी २० गते पुनः बैठक बस्ने गरी बैठक स्थगित गरेको छ ।

२० गतेको बैठकमा केन्द्रबाट अर्का प्रतिनिधि र प्रदेश सभातिलाई समेत बोलाएर उम्मेदवारको नाम सिफरिस गर्ने सहमति भएको उप-सभापति विक्रम यादवले बताए । नेपाली कांग्रेसले २० गतेसम्म आगामी मंसिर ५ गते हुने संघ र प्रदेशका लागि उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको भए पनि विवादका कारण हुन सकेन ।

प्रकाशित मिति : २०७९, १९ भाद्र आइतबार ००:००  २ : ४९ बजे