काठमाडौं । प्रदेश – १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक परेको छ । नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका राईका आमा धनकुमारी राईको ८४ बर्षको निधन भएको हो ।
राईको विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
उनको मृत्युप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।