२०८२, १२ चैत्र बिहीबार | Fri Mar 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले र समाजवादीबीच पार्टी एकताको घोषणा



गुल्मी । एमाले र एकीकृत समाजवादी गुल्मीबीच पार्टी एकताको घोषणा गरिएको छ। सोमबार एमाले जिल्ला कार्यालय मदन–आश्रित स्मृति भवनमा पत्रकार सम्मेलन गरी दुवै पार्टीबीच औपचारिक रूपमा पार्टी एकताको घोषणा गरिएको हो।

नेकपा एमालेमा केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा एमालेका जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीले एकतापत्रमा हस्ताक्षर गरेका छन्। एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा गुल्मीका वामपन्थी शक्तिको अग्रणी र गौरवपूर्ण भूमिका रहेकाले फेरि पनि वामपन्थी एकताको सन्देश गुल्मीबाटै दिइएको दाबी गरे।

स्वागत तथा पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले जिवन्त पार्टीभित्र अन्तर्विरोध स्वाभाविक भएकाले गुल्मीबाट सुरु भएको अभियान निकै महत्वपूर्ण भएको बताए।

त्यस्तै, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दुई पार्टीबीचको एकताले देशभरका वामपन्थीलाई एकताबद्ध बन्न प्रेरणा थपेको बताए।

प्रकाशित मिति : २०७९, २० भाद्र सोमबार ००:००  ३ : २४ बजे