२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा ५ सहित थप १०८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । काठमाडौँ उपत्यकामा थप ५ सहित १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका २, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना र वीर अस्पतालमा १ गरी उपत्यकामा जम्मम ५ जना संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप १४९ जना कोरोना मुक्त भएर विभिन्न आइसोलेसन केन्द्रबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७ हजार ८९१ पुगेको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार ००:००  १० : ५९ बजे