नेपाली कांग्रेस ओखलढुंगाका नेता पुष्पराज पोखरेल राप्रपा प्रवेश गरेका छन् । रुम्जाटार निवासी निर्माण व्यवसायी समेत रहेका पोखरेल मंगलबार राप्रपा प्रवेश गरेका हुन् ।
पोखरेललाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा स्वागत गरेको राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । गुरुङले देशभर राप्रपा प्रवेश गर्नेको लहर चलेको बताए ।
पोखरेल कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाका विश्वासपात्र मानिन्थे ।












