२०८१, २६ बैशाख बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनीमा ‘ठेकेदार हराएको सूचना’



म्याग्दी । ठेकेदारले बेनी नगरपालिकास्थित बेनी अस्पतालको ५० शैया क्षमताको भवन अलपत्र पारेपछि ठाउँ-ठाउँमा ठेकेदार हराएको सूचना टाँसिएको छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सञ्चालक रहेको महादेव खिम्तीले गल्वा–रफिनासँगको साझेदारीमा अस्पताल भवनको ठेक्का लिएको हो ।

भवन बनिसक्नुपर्ने समयमा आधा मात्रै प्रगति भएको भन्दै  नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय यूवा संघले पहिलो रचणको विरोधस्वरुप पोल र भित्तामा ठेकेदार हराएको सूचना टाँसेका हुन् । उक्त सूचना सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । भवन अलपत्र भएको विषयलाई लिएर अस्पताल व्यवस्थापन समिति र चिकित्सक समेत आक्रोशित छन् ।

ठेकेदार सिंहले रु २४ करोड ४ लाख २९ हजार ८ सय ६९ लागत अनुमान गरिएको भवन रु १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का लिएका थिए ।

ठेक्का सम्झौतामा ‘२०७६ मंसिर २० गते भवन निर्माण सक्ने’ उल्लेख भए पनि अहिलेसम्म करिब ५० प्रतिशतको हाराहारीमा मात्र काम भएको छ ।

अस्पतालले हाल अस्थायी संरचनाबाट बिरामीलाई सेवा दिइरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७९, २१ भाद्र मंगलबार ००:००  १ : ०२ बजे