२०८२, ५ पुस शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बच्चा चोर्ने भारतीय गिरोह नेपालमा सकृय, वीरगञ्जमा तीन जना पक्राउ



वीरगञ्ज । प्रहरीले तीन जना भारतीय महिलालाई पक्राउ गरेको छ । वीरगञ्जको छपकैयाबाट बिहारको नरकटियागञ्ज घर भई रक्सौलको ईस्लामपुर बस्ने ५० वर्षीया शैली खातुन, ४५ वर्षीया छतोती खातुन र ५३ वर्षीया मैरुन नेसालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन गिरीले स्थानीयबासिन्दाले बच्चा चोर्न खोजेको भन्दै होहल्ला गरेपछि उनीहरुको सुरक्षाका लागि र थप अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।

‘बच्चा चोर्दै गरेको अवस्थामा पक्राउ परेका हैनन्, टोलमा नयाँ मानिस देखेपछि स्थानीयले बच्चा चोर्न आएको हुन सक्ने आशंकामा होहल्ला गरेका थिए,’ उनले भने, ‘उनीहरुको सुरक्षा र थप अनुसन्धानका लागि पक्राउ गरेका छौं ।’

पत्थर, जन्तर र औंठी बेच्दै हिँडेका उनीहरुले बच्चा चोर्न खोजेको भन्ने जानकारी छपकैयाका बासिन्दाले दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई कारबाही गर्नुपर्ने माग राखेर स्थानीयले प्रहरी चौकी छपकैया घेराउ समेत गरेका थिए । पक्राउ परेका तीनै जना महिलालाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ ।

नेपालका अन्य जिल्लामा समेत यस्तो गिरोह सकृय भएको खबरहरु आइरहेका छन् ।

प्रकाशित मिति : २०७९, २२ भाद्र बुधबार ००:००  १२ : २७ बजे