काठमाडौँ। यसवर्षको दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज १ गते देखि खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले दशैँमा काठमाडौं छाड्ने यात्रुहरुले असोज १ गतेदेखि सर्वसाधारणले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।
अन्तर प्रदेश लामा तथा छोटा दूरीका सार्वजनिक यातायातको टिकट असोज १ गतेदेखि काट्न सकिने गरी सर्वसाधारणका लागि सहजीकरण गरिने सहमति भएको छ ।
अग्रिम टिकट बुकिङ गर्दा अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।