२०८१, २० बैशाख बिहीबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा ५ दलबाट १२८ उम्मेदवार सिफारिस

प्रत्यक्ष ३ सिटका लागि ५४ जनाले दावी छाडेनन्



ओखलढुंगा । ओखलढुंगा मुख्य ५ दलले उम्मेदवार सिफारिस गरेका छन् । जिल्लामा सांगठनिक हिसाबले बलियो मानिएका कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एसले मंसिर ४ गते हुने निर्वाचनका लागि आ–आफ्नो दलका उम्मेदवार सिफारिस गरेका हुन् ।

ओखलढुंगामा प्रतिनिधि सभामा १ र प्रदेशसभामा २ निर्वाचन क्षेत्र छन् । प्रत्यक्ष तर्फ निर्वाचित हुने ३ सिटका लागि जिल्लाबाट ५ दलका ५४ जनाको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ ७४ जनाको नाम सिफारिस भएको छ ।

जिल्ला तहमा लामो छलफल गरेपनि कुनै दलले सर्वसम्मत उम्मेदवार छान्न सकेनन् । माओवादी केन्द्र र जसपाले प्रतिनिधि सभाको प्रत्यक्षमा सर्वसम्मत १÷१ जनाको नाम सिफारिस गरेपनि अन्य पदमा सहमति जुट्न नसकेपछि दावी नछाड्ने सबै आकांक्षीको नाम प्रदेश र केन्द्रमा सिफारिस गरेका छन् ।

जिल्लाबाट नेपाली कांग्रेसले सबैभन्दा बढी ५५ जना को नाम सिफारिस गरेको छ । सबैभन्दा कम नेकपा एमालेले १६ जनाको नाम सिफारीस गरेको छ ।

सत्ताधारी गठबन्धनका बीच केन्द्रमा तालमेल भएपनि जिल्लामा सबै दलले आ–आफ्नै उम्मेदवार छानेका छन् । सम्मानजनक सिटसहितको गठबन्धन भए तालमेल गर्ने अन्यथा एक्ला एक्लै चुनाव लड्ने गठबन्धनका घटकदलहरुको तयारी छ ।

नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ ४ र समानुपातिकमा ५ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसबाट प्रदेश क तर्फ प्रत्यक्षमा १४ जना र समानुपातिकमा १२ जना, प्रदेश ख तर्फ प्रत्यक्षमा ८ र समानुपातिकमा १२ जना गरेर ५५ जना आकांक्षी उम्मेदवारको नाम सिफासिर गरेको हो ।

एमालेबाट संघको प्रत्यक्षमा ३ जना, समानुपातिकमा ३ जना, प्रदेश क बाट प्रत्यक्षमा ३ र समानुपातिकमा ३ तथा प्रदेश ख मा प्रत्यक्षमा २ र समानुपातिकमा २ जना गरि १६ जनाको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्रले संघमा प्रत्यक्ष र समानुपातिकमा १÷१ जनाको नाम सिफारिस गरेको छ । प्रदेश क को प्रत्यक्षमा ३ र समानुपातिकमा ५ तथा प्रदेश ख को प्रत्यक्ष तर्फ ३ र समानुपातिकमा १० जना गरि २३ जनाको नाम सिफारिस गरेको छ ।

जनता समाजवादी पार्टीले प्रत्यक्षमा प्रतिनिधिसभामा १, प्रदेश क तर्फ २ र ख तर्फ २ जनाको नाम पठाएको छ । समानुपातिक तर्फ प्रतिनिधिसभामा ७ जना र प्रदेशसभामा १० जना गरि २२ जनाको नाम सिफारिस गरेको छ ।

नेकपा एकीककृत समाजवादीले प्रतिनिधिसभाको प्रत्यक्षमा ३ जना र प्रदेशसभा तर्क क मा २ र ख मा ३ जनाको नाम सिफारिस गरेको छ । नेकपा एसले समानुपातिकमा प्रतिनिधिसभामा १, प्रदेश क मा २ र ख मा १ गरी जिल्लाबाट प्रत्यक्ष र समानुपातिकमा १२ जनाको नाम सिफारिस गरेको छ ।

अन्य साना दलहरुले उम्मेदवार सिफारिसका लागि छलफल गरिरहेका छन् ।

कुनदलबाट को को सिफारिस भए ?

कांग्रेसबाट :

नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ केन्द्रीय सदस्यद्वय प्रदिप कुमार सुनुवार र रामहरी खतिवडा साथै खिलानाथ दाहाल र बालकृष्ण दाहालको नाम सिफारिस भएको छ ।

संघको समानुपातीक तर्फ महेशकुमार कर्मोचा, गोमा केसी र बाला अधिकारीको नाम सिफारिस भएको छ । समानुपातिकमै अपाङ्ग तर्फ डेकराज भट्टराई र आदिवासी जनजाती तर्फ हेमालक्ष्मी राईलाई सिफारिस गरिएको छ ।

ओखलढुङ्गा प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) बाटा सिफारिस भई आएको उम्मेदवारहरुको नामावलीलाई जिल्ला कार्य समितिको बैठकले अनुमोदन गरेर सिफारिस गरिएको नेपाली काँग्रेस जिल्ला सभापती तेजेन्द्र खनालले जानकारी दिए ।

प्रदेश सभा (क) प्रत्यक्ष तर्फ १४ जना उम्मेदवारको नाम सिफारिस गरिएको सभापती खलालले बताए । गंगा बहादुर कार्की, राजकुमार ढुंगाना, सर्वधन तामाङ, नविन राई, बद्रिनाथ दाहाल, टेकराज भट्टराई, बेदबहादुर रोका, हरि प्रसाद दाहाल, लिला बल्लव दाहाल, विनोद कुमार केसी, महेन्द्र बहादुर कार्की, नन्दलाल गिरी, केदारनाथ दाहाल र दिनेश मगरको नाम सिफारिस भएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र (क) समानुपातिक तर्फ तिर्थराज थापा क्षेत्री, पेमा निमा शेर्पा, हेमालक्ष्मी राई, टिकाराम कार्की, झिलादेवी दाहाल, अम्बरबहादुर विक, हेम कुमारी तामाङ सिफारिस भएका छन् । यस्तै अरु पदम कुमार तामाङ, प्रकाश कार्की, मैया राई, युवराज गजमेर, शान्ता भण्डारी लगायत १२ जना समानुपातिक तर्फ सिफारिस भएका हुन् ।

त्यसैगरी प्रदेश सभा (ख) को प्रत्यक्ष तर्फ आठ र समानुपातिक तर्फ १२ जनाको नाम उम्मेदवारका लागि सिफारिस भएका छन् । प्रत्यक्ष तर्फ कुमार लुईटेल, रुद्रप्रसाद अधिकारी, अजय लुईटेल, भोजकुमार श्रेष्ठ, बाला अधिकारी, पुरुषोत्तम लुईटेल, राजन कुमार सुवेदी र शान्तिराज खड्का सिफारिस भएका हुन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र (ख) समानुपातिक तर्फ सविता राई, कुमार बहादुर श्रेष्ठ, दुर्गाकुमारी तामाङ, लेखबहादुर राई, बलबहादुर तामाङ, सुन्तला परियार, गोपाल खड्का, खिम तामाङ, ईन्द्रमाया मगर, डिल्लीबहादुर रोका, चन्द्रबहादुर कार्की र अर्चना लुईटेल सिफारिसमा परेका छन् ।

एमालेबाट :

एमालेबाट संघीय प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ अम्बिरबाबु गुरुङ, किशोर अधिकारी र यज्ञराज सुनुवारको नाम सिफरिस गरेको छ । नेपाली वर्णानुक्रम अनुसार गरिएको सिफारीसमा प्रतिनिधिसभाका लागि एक नम्बरमा अम्बिरबाबु गुरुङको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा समानुपातिक तर्फ महिला खुलाबाट शकुन्तला राजभण्डारी, जनजाती महिला चम्पा राई, र दलितबाट ओम दयाल बिस्वकर्माको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा  प्रत्यक्ष तर्फ मोहन कुमार श्रेष्ठ, शंकर कटवाल र हर्कबोल राईको नाम सिफारिस गरेको छ ।

प्रदेश सभा (क) को समानुपातिक तर्फ दलितबाट बलबहादुर परियार, अल्पसंख्यक ÷जनजातीबाट मणिराज राई (वाहिङ) र महिला (जनजाति ) बाट पशुपति गुरुङको नाम सिफारिस भएको जिल्ला कमिटी सचिव कमल न्यौपानेले जानकारी दिए ।

यस्तै प्रदेश निर्वाचन  क्षेत्र (ख) को लागि प्रत्यक्ष तर्फ नानिबाबु बुढाथोकी र ज्ञान बहादुर खड्का (जिबी) को नाम सिफारिस भएको छ ।

समानुपातिक  तर्फ खुल्ला महिलाबाट शान्ता ढुङ्गेल र खुल्लाबाट प्रेम प्रसाद भट्टराईको नाम सिफारिस भएको नेकपा एमाले ओखलढुंगाले जनाएको छ ।

माओवादीबाट :

नेकपा (माओवादी) केन्द्र ओखलढुङ्गाले प्रतिनिधिसभाका लागि राम कार्कीको एकल नाम सिफारिस गरेको छ । प्रतिनीधीसभा समानुपातीक तर्फ चम्पादेवी कार्कीको नाम सिफारिस भएको छ ।

त्यसैगरी प्रदेशसभाका लागि प्रदेश (क) बाट प्रत्यक्ष तर्फ रामकुमार कार्की, नरेन्द्र खतिवडा र खुदबहादुर खत्री तथा प्रदेश (ख) बाट प्रदेश सभा प्रत्यक्ष तर्फ बाबुराम गौतम, मोहन कुमार खड्का (हिमशिखर) र खड्ग योगी (अनिल) लार्ई उम्मेदवार सिफारिस गरिएको छ ।

जसपाबाट :

जनता समाजवादी पार्टी ओखलढुंगाले संघतर्फ केन्द्रीय सदस्य जुद्धबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश क मा खेमराज खड्का र नवराज गुरुङ र प्रदेश ख मा प्रभुराम श्रेष्ठ र दीपेन्द्र रुम्दालीलाई सिफारिस गरेको छ ।

जसपाले प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य जानुका राई, अञ्जु श्रेष्ठ, नेत्रबहादुर नेम्बाङ, धीरेन्द्र रुम्दाली, शान्त बहादुर घतानी प्रदीप, रामकृष्ण मगर र प्रकाश तामाङलाई सिफारिस गरेको छ । त्यस्तै प्रदेशको समानुपातिकतर्फ आङछेपाल शेर्पा, दीर्गमान तामाङ, छिरिङदोर्जे शेर्पा, केशव रम्तेल, निमा शेर्पा, स्विटी कुमारी साह, टेक कुमारी राई, मान कुमारी तामाङ, योगमाया राई र खडानन्द तिमिल्सिनाको नाम जसपाले सिफारिस गरेको छ ।

नेकपा एसबाट :

नेकपा एकिकृत समाजवादीले संघमा प्रत्यक्षतर्फ नेत्रप्रसाद भट्टराई, मेख बहादुर खड्का, छत्रबहादुर कार्कीलाई उम्मेदवार सिफारिस गरेको छ । प्रदेश क मा राजन खत्री, संजीव गुरुङ तथा प्रदेश ख मा कमल खड्का, यमचन्द्र कट्वाल, पूर्णकुमारी सुवेदीको नाम सिफारिसमा परेको छ । समानुपातिकतर्फ संघमा निर्मला श्रेष्ठ र प्रदेशमा शारदा निरौला, तिलक लोहनी, र अम्बीका प्रसाद भट्टराईलाई सिफारिस गरिएको नेकपा एकिकृत समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : २०७९, २३ भाद्र बिहीबार ००:००  २ : ५७ बजे