२०८१, ६ जेठ आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामिछानेले भने- कानुन मान्छु, सबै सामना गर्छु



काठमाडौं। बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका छन् ।  आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले बताएका छन् । लामिछानेले ट्वीट गर्दै सो कुरा बताएका हुन् ।

उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् ।

हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।

त्यसअघि उनले क्यानलाई कानुनी सहायताका लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७९, २४ भाद्र शुक्रबार ००:००  १० : ३३ बजे