२०८२, ३१ असार मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रमोद खरेलको ‘तप तप आँशु’ गीत सार्वजनिक



काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ। साहित्यकार, लेखक तथा कवि ममता मिश्रको शब्द सृजना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडिओमा मर्मस्पर्शी प्रेमाभावलाई नजिकबाट केलाइएको छ।

नवीन कार्कीको संगीत रहेको गीतमा प्रेममा डुबेको एक प्रेमील जोडीको हाँसो, खुशी र रोदनलाई नजिकबाट देखाइएको छ।  विगत ३ दशकदेखि अष्ट्रेलियामा रहँदै आएकी गीतकार  मिश्रले यसपटकको आफ्नो सिर्जनालाई पनि अघिल्लो पटकझैं हरेक प्रेमील जोडीले मन पराउने विश्वास व्यक्त गरिन्।

आफूलाई भन्दा बढी माया दिएकी प्रेमिकाले विशेष परिस्थितिका कारण धोका दिएर टाढिँदाको पललाई पछिल्लो पुस्ताका चर्चित निर्देशक केशव भट्टले कलात्मक शैलीले प्रस्तुत गरेका छन्। कोरियोग्राफीमा समेत राम्रो दख्खल राख्ने निर्देशक भट्टले तप तप आँशु बोलको गीतको भिडिओले हरेक प्रेमील जोडीको मन छुने बताए।

गीतकार मिश्रकै आफ्नै अफिसियल च्यानल ममता मिश्र अफिसियलबाट बजारमा ल्याएको गीतको गीतमा मोडलद्वय कमल सिंह र ललना चिमोरियाको लोभलाग्दो अभिनय देख्न सकिन्छ। गीतकार मिश्रका तिमीले चुमेको, म सागर थिएँ, लगायतका गीतहरू यसअघि नै बजारमा आइसकेका छन्।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा दिनसन शाहको सम्पादन र कलर रहेको छ।

प्रकाशित मिति : २०७९, २४ भाद्र शुक्रबार ००:००  ११ : ३० बजे