२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरले उठायो ६ महिनादेखि थुपारिएको फोहोर



काठमाडौं। विगत ६ महिनादेखि टेकु स्टेसनमा थुपारिएको फोहोर काठमाडौं महानगरपालिकाले उठाएको छ । महानगरपालिकाले टेकु स्टेसनमा थुप्रिएको फोहोर २० दिन लगाएर उठाएको हो ।

गत भदौ २ गतेदेखि स्टेसनमा थुप्रिएको फोहोर उठाएर बञ्चरेडाँडा पठाउन थालेको थियो । २० दिनमा लगभग १५ सय टिपर फोहोर व्यवस्थापन भएको महानगरको वातारण विभागमा कार्यरत नगर प्रहरी डिएसपी पूर्ण चन्द्र भटले जानकारी दिए ।

उनका अनुसार टेकुमा गत माघ २६ गतेदेखि फोहोर जम्मा हुन थालेको थियो । गत माघ २६ गतेदेखि सिसडोलबासीहरुले आन्दोलन गर्दा फोहोर व्यवस्थापन बन्द हुन पुगेको उनले  बताए  ।

पटकपटकको बन्दले केही समयदेखिको फोहोर जम्मा भएर भयावह स्थिति भइसकेको थियो, उनले भने, तीनवर्षमा दोस्रोपटक स्टेसनको फोहोर पुरै हटाइएका छ ।

प्रकाशित मिति : २०७९, २४ भाद्र शुक्रबार ००:००  ११ : ३७ बजे