२०८१, ८ मंसिर शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै विद्यार्थीलाई खाजा दिदै गोरखा नगरपालिका



गोरखा । कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजा खुवाउने कार्यक्रम धेरै प्रभावकारी भएपछि गोरखा नगरपालिकाले स्वयम् खाजा कार्यक्रम विस्तार गरेको हो ।

नगरपालिकाले कल्स ओभर रिजेज नेपाल नामक सामाजिक संस्थासँग समन्वय गरी कक्षा सात देखि १० कक्षा सम्मका विद्यार्थका लागि पनि खाजा कार्यक्रम सुरु गरेको हो ।

नगरपालिकाले संस्थाको समन्वयमा पहिलो चरणमा एक वर्षका लागि कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रमको प्रभावकारिता हेरेर आगामी वर्ष पनि खाजा कार्यक्रम अघि बढाइने नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए ।

प्रत्येक विद्यार्थीले दैनिक ३० रुपैयाँको दरले खाजा पाउँछन् । जसमा संस्थाको योगदान प्रतिदिन प्रतिविद्यार्थी २० रुपैयाँ रहन्छ भने नगरपालिका कार्यालयको रु ५ र विद्यार्थीको रु ५ लागत पर्नेछ ।

शिक्षा शाखा प्रमुख खड्काले भने  ‘नगरपालिका भित्रका केही विद्यालयमा खाजा कार्यक्रम सुरु भइसकेको छ भने केही विद्यालयमा सुरु हुन बाँकी रहेको छ ।’

नगरपालिका भित्रका १७ वटा माध्यमिक तहका विद्यालय र तीन वटा आधारभूत तहका विद्यालयमा यो कार्यक्रम संचालन भइरहेको उनले बताए ।

भारतको प्रमाणपत्रमै डेढ दशकदेखि शिक्षक

परासी। पश्चिम नवलपरासीको एक विद्यालयका शिक्षकले डेढ दशकदेखि भारतको  प्रमाणपत्रका आधारमा जागिर खाएको रहस्य खुलेको छ । सुनवल नगरपालिका-१ को लुम्बिनी माध्यमिक विद्यालयका शिक्षक रुकबहादुर बलालको प्रमाणपत्र नक्कली रहेको पाइएको  छ   ।

पहिले गुठीको रुपमा स्थापित उक्त विद्यालय हाल सामुदायिक विद्यालयमा परिणत भएको छ । एमालेनिकट शिक्षक बलाल र विद्यालयका प्रधानाध्यापक होमनाथ सुवेदी पठनपाठनभन्दा राजनीतिमा बढी सक्रिय भएपछि खोज्दै जाँदा उक्त तथ्य फेला परेको बताइन्छ ।

ती दुबैलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर गुरुङ्गको साथ रहेको स्थानीयको आरोप छ । गुरुङ पनि एमाले निकट हुन् । यस प्रकारको बेथिति कायम रहे शिक्षक बलालविरुध्द अख्तियारमा उजुर हाल्ने तयारी गरिएको एक जना स्थनीयले बताए ।

शिक्षकको प्रमाणपत्र नक्कली भएको चर्चा चुलिँदा पनि नगरपालिकाको शिक्षा शाखाले छानबिनमा कुनै तदारुकता नदेखाएको उनीहरुको आरोप छ । नवलपरासीका अन्य सामुदायिक विद्यालयमा पनि नक्कली प्रमाणपत्रको बिगबिगी रहेको बताइन्छ ।

प्रकाशित मिति : २०७९, २४ भाद्र शुक्रबार ००:००  १२ : ०३ बजे