२०८३, १५ असार सोमबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेबाट पुण्य गौतम सिफारिस



काठमाडौं नेकपा एमालेले सामाजिक सञ्जालका भाइरल पात्र पुण्य गौतमलाई प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ । काठमाडौंको क्षेत्र नम्बर ३ बाट उनको सिफारिस भएको हो ।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । उनले पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र एमाले काठमाडौं जिल्ला कमिटीलाई धन्यवाद दिएका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीमा रहेका गौतम गत वैशाखमा एमाले प्रवेश गरेका थिए । उनले छिट्टै एमालेको केन्द्रीय कमिटीमा पनि स्थान पाउने आशा राखेका छन् ।

प्रकाशित मिति : २०७९, २४ भदौ शुक्रबार ००:००  १ : ३८ बजे