परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका स्थित लुम्बिनी माध्यमिक विद्यालयका शिक्षक रुकबहादुर बलालले आफु विरुद्ध आएको समाचारको खण्डन गरेका छन् । जनआस्था साप्ताहिकमा ‘पारीको प्रमाणपत्रमै डेढ दशकदेखि गुरु बा’ शिर्षकमा प्रकाशित समाचार कपोकल्पित र झुटा रहेको भन्दै शिक्षक बलालले खण्डन गरेका हुन् ।
शिक्षक बलालले सञ्चारमाध्यम मार्फत आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले सुनियोजित तवरले समाचारहरु आएको भन्दै आफुसँग नेपालमै अध्ययन गरेको शैक्षिक प्रमाणपत्रहरु रहेको दावी गरेका छन् ।
लुम्बिनी माविमा १५ वर्षदेखि संगित शिक्षकको रुपमा बलाल कार्यरत छन् । उनी विद्यालयको निजी स्रोतका संगित शिक्षक हुन् । उनले नेपाल सरकारको कुनै स्रोतबाट तलव सुविधा बुझेका छैनन् ।
पहिले गुठीको रुपमा स्थापित उक्त विद्यालय हाल सामुदायिक विद्यालयमा परिणत भएको छ ।
शिक्षा नीति अनुसार भारतमा अध्ययन गरेको व्यक्तिले नेपालमा अध्यापन गर्न चाहेको खण्डमा त्रिभुवन विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ । कक्षा १० सम्म भारतमा अध्ययन गरेर नेपाल फर्किएका बलालले भारतमा हाईस्कूल परीक्षा पास गरेको प्रमाण पेश गरेर नेपालमा एसएलसीको समकक्षता प्रमाणित गराईसकेका छन् । भारतको अध्ययनले मान्यता पाएपछि नेपालबाटै प्लसटु पास गरेका छन् । उनले २०६२ सालमा शिक्षक सेवा आयोगले लिने परीक्षा पास गरेर प्राथमिक तहको स्थायी अध्यापन अनुमति पत्र समेत लिएका छन् ।
हेर्नुहोस् बलालका शैक्षिक प्रमाणपत्रहरु :
शिक्षक बलालले आफ्नो चरित्र हत्या गर्न समाचार सम्प्रेषण गरिएको भन्दै भ्रामक समाचारको भ्रममा नपर्न सबैमा अपिल गरेका छन् । उनले आफु विरुद्ध लागेको आरोपको खण्डन गर्दै अनुसन्धान गर्न र दोषि देखिए कारबाही भोग्न तयार रहेको बताएका छन् ।
शिक्षक बलालले समाचार खण्डन गर्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् :