२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तत्काल सार्वजनिक सवारी संचालन नहुने



काठमाडौं । सार्वजनिक यातायात तत्काल सञ्चालन नहुने भएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि गाडी गुड्ने अवस्थामा नरहेको जानकारी दिएको छ ।

चार महिनादेखि थन्किएका गाडीमा प्राविधिक समस्या देखिनुका साथै कर्मचारीको पनि अभाव रहेको महासंघका उपमहासचिव बसन्त भण्डारीले बताए । एउटा गाडीलाई सडकमा चलाउन योग्य बनाउन कम्तीमा पनि ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने व्यवसायीको अनुमान छ। केही व्यवसायीले पैसा जोहो गरे पनि ग्यारेजमा मेकानिक उपलब्ध नहुने भण्डारीले बताए।

सरकारले सरोकारबालासँग छलफल नगरी निर्णय लिएको व्यवसायीको भनाइ छ। महासंघले वैशाख २१ गते सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । व्यवसायी र सवारीको समस्या सम्बोधन नभएसम्म सडकमा गाडी गुड्ने अवस्था नरहेको उनले बताए ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने बताएका थिए। कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको हो।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार ००:००  ३ : १७ बजे