२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यज्ञराजलाई रामहरिको प्रश्न : पिङ उद्घाटन बाहेक राष्ट्रिय चर्चा पाउने अर्को काम के गर्नुभो ? 



sharethis sharing button

ओखलढुंगा । कांग्रेस नेता रामहरि खतिवडाले ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको चर्को आलोचना गरेका छन् । वि.पि. जयान्तीको अवसरमा नेपाली कांग्रेस ओखलढुंगाले आयोजना गरेको कार्यक्रममा बोल्दै खतिवडाले वितेको ५ वर्षमा जिल्लाको विकास निर्माणमा भूमिका खेल्न नसकेको भन्दै सांसद सुनुवारको आलोचना गरेका हुन् ।

खतिवडाले ओखलढुंगाबाट जितेका सांसदले हरेक नयाँ सिडियो आउँदा मोलुङ एकवारको अनुगमन गराउने बाहेक अन्य काम नगरेको आरोप लगाउँदै उनले भने, ‘हाम्रो जिल्लाबाट जितेको माननीयले रुम्जाटारबाट हलेसी केवलकारले जोड्छौं भन्ने सम्मका सपना देखाए तर नयाँ  सि.डि.ओ. आउदा मोलङको बाटो देखाउन बाहेक केही गरेनन् ।’ जिल्लाको विकास निर्माणमा चर्चा योग्य काम नभएको भन्दै खतिवडाले प्रश्न गर्दै भने, ‘उहाँलाई मेरो प्रश्न छ, पिङ उद्घाटन बाहेक राष्ट्रिय चर्चा पाउने अर्को काम के गर्नुभयो ?’

कांग्रेसले हार्दा विकासले हारेको तर्क गर्दै खतिवडाले आगामी चुनाव गठन्धनको साथ लिएर जित्ने र अर्को चुनावमा एक्लै बहुमत ल्याउने कांग्रेसको नीति रहेको बताए ।

कांग्रेसले ओखलढुंगामा जनतासँग कांग्रेस अभियान पनि समापन गरेको छ ।

प्रकाशित मिति : २०७९, २४ भाद्र शुक्रबार ००:००  ६ : २५ बजे