काठमाडौं। लेखक सुविन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा भट्टराई र पाठकहरूले संयुक्त रूपमा ‘इजोरिया’को लोकार्पण गरेका हुन् ।
लेखक भट्टराईले आफ्नो नयाँ कृति ‘इजोरिया’ महिला, मधेस, मुक्तिको कथा भएको बताएका छन् । उनले भने “इजोरिया माया र ममताको कथा हो । मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो,” ।
भट्टराईको यो छैटौँ कृति हो । यसअघि उनका कथाकी पात्र (२०६७), समर लभ (२०६९) साया (२०७१) मनसुन (२०७३) र प्रिय सुफी (२०७५) प्रकाशित छन् ।