२०८१, ९ मंसिर आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्याम्पस प्रमुख अमेरिका, कक्षाकोठामा विद्यार्थीको टिकटक रमिता



रूपन्देही। कक्षाकोठा विद्यार्थीको सिक्ने थलो हो । तर रूपन्देही देवदह नगरपालिकास्थित शीतलनगरमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसका कक्षाकोठामा भने पढाई कम, टिकटक भिडियो छायांकन धेरै हुने गरेको देखिएको छ । स्व. नमराज पुरी लगायतको सक्रियतामा महायज्ञ सञ्चालन गरि सोही कोषबाट सुरुवात गरिएको यो क्याम्पस अहिले टिकटके क्याम्पस जस्तै बनेको छ ।

शिक्षक कै अगाडि विद्यार्थीले टिकटक बनाउने लगायतका अनुशासनहीन गतिविधिले अहिले क्याम्पसलाई नै गिज्याइरहेको छ। एक विद्यार्थी (नाम नखुलाउने सर्तमा) का अनुसार उक्त क्याम्पसमा विद्यार्थीहरू कक्षाकोठामा शिक्षक अगाडि नै बेपर्वाह मोबाइल चलाउने,  भिडियो बनाउने गर्छन् ।

यस विषयको थप जानकारीका लागि सामाजिक सञ्जालमा अनुगमन गर्दा टिकटकमा क्यापसमै अध्यनरत युवतीको आइडीबाट यस प्रकारका भिडियो सार्वजनिक भएको देखिन्छ । ती भिडियोहरूमध्य एउटामा लेखिएको छ –“यो आँखा सर राम्रो भए’सी विद्यार्थीको ध्यान पढाइ भन्दा बढी सर तिर ।”

उक्त आइडीमा यसैगरि कक्षा कोठामा बिभिन्न  शिक्षकहरूलाई देखाउदै अधिकांश भिडियो बनेका छन्  । तर शिक्षकले देखेको नदेखे झैं गरिरहेका छन् । उनी मात्र हैन बिहीबार एक युवकको  टिकटक एकाउन्टबाट कम्प्युटर ल्याबमै कम्मर मर्काउँदै टिकटक बनाइएको छ । उक्त  भिडियो हेर्दा लाग्छ यो कुनै डान्स बार हो क्याम्पस होइन । (उक्त भिडियो बिना जानकारी खिचिएको भनिएको कारण हटाइएको छ )

विद्यार्थीमा अनुशासनहीन गतिविधि बढ्दापनि शिक्षक र क्याम्पस प्रशासन भने मौन छन् ।

यस विषयमा जिज्ञासा राख्दा निमित्त क्याम्पस प्रमुख जयकिशन अधिकारीले उक्त विद्यार्थीलाई त्यसप्रकारको भिडियो नबनाउँन सचेत गराईएको बताए । उनले भने, “विद्यार्थीले शिक्षकलाई थाहा नहुने गरि लुकेर भिडियो बनाउने रै’छ, सम्झाएका छौँ अब त्यस्तो गर्दिन भनेकी छन् ।”

कहिले शुल्क वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनको तालबन्दी त कहिले कक्षाकोठामा देखिने टिकटक रमिताले क्याम्पसको छवि दिनानुदिन विग्रीदै गएकोले क्याम्पस प्रशासनले विद्यार्थीलाई क्याम्पस आचारसंहिताबारे जानकारी गराउने काममा ढिलाइ गर्न नहुने क्याम्पसमा अध्यापनरत शिक्षकहरू बताउँछन् ।

 क्याम्पसका अध्यक्ष ध्रुब प्रसाद खरेल देवदह नगरपालिका नगरप्रमुखमा चुनिएपछि क्याम्पस लगभग अध्यक्षविहिन जस्तै छ भने क्याम्पस प्रमुख मित्रलाल न्यौपाने पनि लामो समयदेखि अमेरिका गएर बसेका छन् । हाल क्याम्पस प्रशासन निमित्त क्याम्पस प्रमुखबाट चलिरहेको छ ।

प्रकाशित मिति : २०७९, २५ भाद्र शनिबार ००:००  १२ : २३ बजे