२०८२, ५ पुस शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनविरुद्ध नबोल्न देउवाको निर्देशन



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धविरुद्ध नबोल्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शुक्रबार चितवन पुगेका प्रधानमन्त्री तथा सभापति देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । सो क्रममा उनले  सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको पनि बताए ।

देउवाले भनेका छन्,‘बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ ? यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।’

गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन ।’

गठबन्धन भएर सरकार बनेकै कारण एमालेको एकलौटी अन्त्य भएको उनेल बताए । तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले भनेका छन्, ‘कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु ।’ रासस

प्रकाशित मिति : २०७९, २५ भाद्र शनिबार ००:००  १ : १५ बजे